भोजपुरको हतुवागडी गाउँपालिकामा ‘ट्राफिक सचेतना विद्यार्थी अभियान’ सुरु

153

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले ‘ट्राफिक सचेतना विद्यार्थी अभियान’ को सुरुवात गरेको छ।

विद्यार्थीलाई सचेत गराउने उदेश्यले सो अभियान थालिएको हो । बढ्दो सवारी चापसँगै दिन प्रतिदिन सवारी दुर्घटनाबाट कसैको ज्यान नजाओस भन्ने उदेश्यले धेरै दुर्घटना न्यूनीकरण हुनेमा ट्राफिक प्रहरी नवीन श्रेष्ठको विश्वास रहेको छ ।

आम हतुवागडी नागरिक सरोकार वालालेसमेत साथ दिएको ट्राफिक प्रहरी नवीन श्रेष्ठले बताए । ट्राफिक नियम, सन्केत, सडक पार गर्दा ध्यान दिनुपर्ने कुरा, जेब्रा क्रसिङ्ग, ट्राफिक र ट्राफिक प्रहरी को हुन् ? मापसे, बिना हेल्मेट सवारी चलाउन हुने खतरा, लापरबाही, झुन्डिएर यात्रा नगर्न अनुरोध साथै खतरा, दुर्घटनामा कसरी परिन्छ, सिटबेल्टको महत्त्व, मोबाईल फोन प्रयोग गर्दा हुन सक्क्ने संभावित खतरा, तोकिए भन्दा बढी मानिस सवार गर्दा हुने खतरा, सडकमा खेल्न नहुने, सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा लगायत विभिध विषयको जानकारी गराइएको थियो ।

२६६ विद्यार्थीलाई भिडियोमाफैत देखाइ सचेतना दिइएको थियो । विद्यालयका प्रधानाध्यापक धन बहादुर दाहाल, शिक्षक देव बहादुर राय लगायतको अनुरोधमा सचेतना कार्यक्रम संचालन गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...