प्रधानमन्त्री कप : सुदूरपश्चिममाथि पुलिसको प्रभावशाली जित

176

काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब विजयी भएको छ ।

बुधबार भएको खेलमा १ सय ११ रनको लक्ष्य पाएको पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सुनिल धमाला र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । धमलाले ५३ तथा भुर्तेलले अविजित ५१ रनको योगदान दिए ।

यसअघि, कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३।१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।

पहिलो ओभरमै प्रारम्भिक ब्याट्सम्यान सन्तोस भट्ट शून्य रनमा रनआउट हुन पुगे । दोस्रो विकेटका लागि खडक बोहरा र सञ्जु दमईले ८० रनको सझेदारी गर्दै पारीलाई उकास्ने प्रयास गरे । बोहराले ४० तथा दमाईले ३५ रन बनाए ।

यस्तै, सुदूरपश्चिमका अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० जोड्दा अन्य खेलाडीले उल्लेखनीय रन बनाउन सकेन । सुदूरपश्चिमका पाँच जना ब्याट्सम्यान शून्य रनमा पेभलियन फर्किए ।

पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ४–४ विकेट लिए

समूह बी मा रहेको पुलिस र सुदूरपश्चिमले समान दुई–दुई खेलेका छन् । पुलिस दुई खेलबाट एकमा जित र एकमा हारसहित तालिकाको तेस्रो स्थानमा रहेको छ भने सुदूरपश्चिमा दुई खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...