मानव अधिकार आयोगको ‘नक्कली’ अध्यक्ष १५ लाख ठगेको अभियोगमा पक्राउ

196

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका नक्कली अध्यक्ष पक्राउ परेका छन् । आफूलाई मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै ठगेको अभियोगमा सङ्खुवासभाका तुलसी थापा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले अभियुक्त थापालाई १५ लाख रुपैयाँ ठगेको अभियोगमा पक्राउ गरेको जनाएको छ । ६० वर्षीय थापा सङ्खुवासभाको पाँचखपन गाउँपालिका ५ खमारे स्थायी घर भई हाल काठमाडौंको मित्रपार्क निवासी हुन् ।

उनलाई मंगलबार काठमाडौंको दरवारमार्गबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

अभियुक्त थापाले आफू मानवअधिकार आयोगको अध्यक्ष रहेको र अमेरिकाको मल्टिपल भिसा लगाइदिने भन्दै १५ लाख रुपैयाँ ठगेको प्रहरीको भनाइ छ ।

उनीबाट ठगिएकाहरु अन्य पनि छन् भने महाशाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...