खोटाङमा पहिलो पटक विद्यार्थीको रक्त समूह पहिचान सुरु

102

खोटाङ । खोटाङमा पहिलो पटक विद्यार्थीहरुको रक्त समूह पहिचान सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत गरी १ सय ३ वटै विद्यालयका विद्यार्थीहरुको रक्त समूह पहिचान गर्न सुरु गरेको हो ।

मंगलबार नगरपालिकाको स्वास्थ्य शाखा र रक्त सञ्चार केन्द्रको सहकार्यमा दिक्तेल बजारस्थित पञ्च माविबाट रक्त समूह पहिचान अभियानको शुभारम्भ गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

प्रमुख रिजालकाअनुसार सम्पूर्ण विधार्थीहरुको रक्त समूह पहिचान गरेर आगामी शैक्षिक सत्रदेखी विधार्थीको परिचय पत्रमा रक्त समूह उल्लेख गरिनेछ । ‘स्कुल स्वास्थ्य कार्यक्रम’ अन्तर्गत रक्त समुह पहिचान अभियान अघिल्लो वर्ष नै सुरु भए पनि कोरोनको कारण स्थगित भएको थियो ।

विधार्थीको परिचयपत्रमा नै रगत समूह उल्लेख गरिएपछि दुर्घटना जस्ता आपतकालिन अवस्थामा रगत संकलन तथा उपयोग गर्न सहज हुने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...