प्रहरी श्रीमती संघद्वारा न्यानो कपडा ‘कम्बल’ वितरण

233

विराटनगर । एक नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोमा न्यानो कपडा कम्बल वितरण गरिएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दै आइरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिब तथा असहाय व्यक्तिहरुको लागि जाडोमा न्यानो कपडा कम्बल वितरण गरेको हो ।

मोरङ धनपालथान गाउँपालिका-३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका-२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १ सय घर परिवारलाई १ सय थान कम्बल मंगलबार दिउँसो एक कार्यक्रमबीच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल वितरण गरेकी हुन् ।

फाेटा : १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर

सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १ सय जना असहाय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत वितरण गरेकी थिइन् ।

कपडा वितरण कार्यक्रममा बोल्दै उनले प्रदेश प्रहरी श्रीमती संघले विविध सामाजिक कार्यहरु गर्दै आइरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भइ अगाडि बढ्ने धारणा व्यक्त गरिन् ।

फाेटा : १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगर

कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...