श्रोत नखुलेको दुई लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

134

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुरस्थित सीमा क्षेत्रबाट सोमबार एपिएफ टोलीले श्रोत नखुलेको दुई लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको शिवहर ग्रामपञ्चायत ९ घर बताउने ३१ वर्षीय असरथ मन्सुरी र ३० वर्षीय ओसी मोहमद रहेका छन् ।

बिआर ३० वाई ५४३७ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त रकम फेला परेको हो ।

उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि दुवै जनालाई पक्राउ गरिएको हो । एपिएफ टोलीले त्यसबेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद रकम तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...