एपिएफ टोलीद्वारा ब्राउन सुगरसहित दुई जना पक्राउ

175

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीपुल डाँडा इलाकाबाट सोमबार एपिएफ टोलीले ५० ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पाँचथर जिल्लाको अमरपुर ६ बस्ने २७ वर्षीय अरुण सुब्बा लिम्बू र सुनसरी जिल्लाको महेन्द्रनगर नगरपालिका ४ बस्ने २४ वर्षीय ईश्वर थापा रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मेचीपुलबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...