नेकपा(ओली पक्ष) सोलुखुम्बुको अध्यक्षमा बास्तोला र सचिवमा राई

257

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु (ओली पक्ष)को अध्यक्षमा डुफ कुमार बास्तोला चयन भएका छन् । नेकपा सोलुखुम्बुको सोमबार सल्लेरीमा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेले बास्तोलालाई अध्यक्षमा चयन गरिएको घोषणा गेरेका हुन् ।

नेकपाका सोलुखुम्बुका अध्यक्ष रहेका मानवीर राई (ओली पक्ष) नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएपछि बास्तोलालाई सोलुखुम्बु पार्टीको जिम्मेवारी दिइएको बताइएको छ ।

यस्तै जिल्ला पार्टी कमिटीको सचिवमा आश कुमार राई ‘शिशिर’लाई जिम्मेवारी दिइएको छ । पूर्व नेकपा (माओवादी केन्द्र) सम्बद्ध शिशिर स्थानीय तहको निर्वाचनमा माप्य दुधकोसी गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका थिए । नेकपामा फुट देखिएपछि प्रतिनिधिसभा सांसद एवं जिल्लाका पार्टी इन्चार्ज हेम राई (शुरवीर) र सचिव गोम्बु शेर्पा कर्ज्याङ दहाल–नेपाल पक्षमा तथा जिल्ला अध्यक्ष मानवीर राई ओली पक्षमा लागेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...