सवारी दुर्घटनामा अटो चालकसहित दुईको मृत्यु

180

झापा । झापा दमक-४ ताराबारीस्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठोकिइ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १-०१-००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा अटो चालक उर्लबारी-४ का ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साथै अटोमा सवार सुनसरी इनरुवा-७ का २४ वर्षीय सौजन मगर र दमक(४ का राजन सिलवाल समेत घाइते भएकोमा उनिहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

एम्बुलेन्स र एम्बुलेन्स चालक दमक-४ का ५१ वर्षीय गणेश दंगाल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...