एनआइसी एसिया बैंकको एटिएम चोरीमा संलग्न एकजना पक्राउ

199

काठमाडौं । स्वयम्भू ठूलो भर्याङस्थित एनआइसी एसिया बैंकको एटिएम फोरिएका छन् । गएराती एटिएम फोरेर चोर्न लाग्दा एकजना पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङ्गस्थित एनआइसी एसिया बैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

सो कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...