टिपर दुर्घटना ३ जनाको मृत्यु

176

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आइतबार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाइड्रो साल्मेबाट पुरानो रड र तारहरु लिएर ८६ हाइड्रोतर्फ जाँदैगरेको सिई कम्पनीको बा४ख ७९८० नम्बरको टिफर आफै अनियन्त्रित भइ दुर्घटना भएकाे थियाे ।

 मृत्यु हुनेहरूमा बागमती नगरपालिका-४ मकवानपुरका ३३ वर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका-८ सप्तरीका १९ वर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० वर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका हेटौंडा फापरवारीका २२ वर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...