डिजे मेवाहाङ र मेलिना राईको ‘साकेलाको बेला’ सार्वजनिक (भिडियो)

202

काठमाडौं । सङ्खुवासभाका गायक तथा संगीतकार डिजे मेवाहाङ र गायिका मेलिना राईको स्वारमा रहेको नयाँ गीत ‘साकेलाको बेला’ सार्वजनिक भएको छ । राजु कार्कीको संगीत संयोजन रहेको गीतमा शब्द रचना, संगीत तथा मिक्सिङ र मास्टरिङसमेत गायक मेवाहाङ आफैले गरेका छन् ।

ओएसआर डिजिटल युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको भिडियोमा विल्सन विक्रम राई (तक्मे बुढा) र एलिसा राईको मुख्य अभिनय रहेको छ ।

नवराज उप्रेतीद्वारा छायाङ्कन गरिएको भिडियोलाई मनोज कार्की सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र विल्सन विक्रम राईद्वारा निर्देशित भिडियोलाई डेगेन्द्र मेवाहाङले निर्माण गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...