उपत्यकामा १७७ जनासहित थप २६६ मा संक्रमण पुष्टि : ५ को मृत्यु

135

काठमाडौं । देशभर पछिल्लो समय काेराेना संक्रमितकाे संख्यामा कमी हुँदै गएकाे छ । पछिल्लाे २४ घन्टामा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ५ सय ८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ७५ पुरुष र ९१ महिला गरी २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका २ सय ६६ जनासहित कूल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । यीमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १ सय ७७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ४५, ललितपुरमा २३ र भक्तपुरमा ९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ४ सय जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ६१ हजार ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...