छुट्टाछुट्टै सवारी दुर्घटना २ जनाको मृत्यु

145

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिबार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार राती सवा ७ बजेको समयमा सुसनरीको इटहरी उपमहानगरपालिका-२ आपगाछीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

धरानबाट इटहरी तर्फ आउँदै गरेको को१ख ५५२७ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धरान १० का ३० वर्षीय बिक्रम चेम्जोङको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेलुका सवा ८ बजे मृत्यु भएको हो ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ रानीखोलामा मोटरसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रहेका कानेपोखरी गाउँपालिका-१ का २६ वर्षीय सनम याख्खाको मृत्यु भएको छ ।

चतराबाट बराहक्षेत्रतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४९७१ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा घाइते भएका याख्खाको बिराट नर्सिङहोममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...