प्रतिनिधिसभा विघटनविरुद्धको प्रर्दशनमा सहभागी हुन देउवाको आव्हान (विज्ञप्तिसहित)

147

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध माघ ३ गते हुने विरोध प्रर्दशनमा सक्रिय रुपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आव्हान गरेका छन् ।

कांग्रेसले माघ ३ गते ७ सय ५३ स्थानीय तहमा संसद विघटनविरुद्ध प्रर्दशनको कार्यक्रम राखेको छ । सो कार्यक्रममा आफ्ना कार्यकर्तालाई सक्रिय रुपमा सहभागिता जनाउन देउवाले आव्हान गरेका हुन् ।

कांग्रेसले गत पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरिसकेको छ ।

कांग्रेसले संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...