प्रचण्ड-माधव समूहले माघ १६ गते काठमाडौंमा विशाल प्रर्दशन गर्ने

375

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड-माधव समूहले आगामी माघ १६ गते काठमाडौंमा विशाल प्रर्दशन गर्ने भएको छ ।

शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकबाट यस्तो निर्णय भएको नेता भीम रावलले जनाकारी दिए ।

प्रचण्ड-माधव समूहले प्रदेश नम्बर १ को नेतृत्व पनि टुङ्ग्याएको छ । उक्त समूहको प्रदेश १ अध्यक्षमा घनेन्द्र बस्नेत चयन भएका छन् । यस्तै सहइन्चार्जहरुमा राम (सुरेन्द्र) कार्की, राजेन्द्र राई र जयन्ती राई चयन भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...