प्रधानमन्त्री कप : आर्मी क्लबको विजयी सुरुवात, गण्डकी ९८ रनले पराजित

168
  • भाइरस

काठमाडाैं । शुक्रबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू)को क्रिकेट मैदानमा सुरु प्रधानमन्त्री कपको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको हो ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट १ सय ११ रनको योगदान दिए । भण्डारीले ७६ बल खेल्दै ५ छक्का र ९ चौकाको मद्धतमा १ सय ११ रन बनाए ।

यसैगरि, राजु रिजालले ४५, लोकेश बमले ४२, राजेश पुलामीले ३८, भीम कार्कीले १५ तथा हरिकृष्ण झाले १४ रनको पारी खेले ।

गण्डकीका विशाल श्रेष्ठ र विपिन खत्रीले समान २–२ तथा दीपेश खत्री र चन्द्र पौडेलले एक–एक विकेट हात पारे ।

२ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८औँ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । गण्डकीका समीर कँडेलले ५०, विपिन कार्कीले नटआउट ३७, अर्जुन कुमालले ३६ दीपक डुम्रेले २६ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन ।

आर्मीका राजेश पुलामीले ५, भीम कार्कीले ३ विकेट लिए ।

प्रतियोगितमा सात प्रदेश तथा तीन विभागीय टोलीसहित १० टोली सहभागी रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब गण्डकी प्रदेश, प्रदेश नम्बर एक र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर दुई र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...