बिहारमा नेपाल–भारत अन्तरदेशीय पाइपलाइनबाट इन्धन चोरी

140

एजेन्सी । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट इन्धन चोरी भएको छ । भारतीय सञ्चार माध्यम नवभारत टाइम्सकाअनुसार बिहारको सिवानस्थित लकडी नविगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो ।

भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप फिट गरेर इन्धन चोरी भएको नवभारत टाइम्सले जनाएको छ । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन ।

इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सकाअनुसार विहारमा यस प्रकारको चोरीको घटना भएको पहिलो हो ।

२०७६ भदौ २५ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरेका थिए । अहिले उक्त पाइपलाइनबाट डिजेलको आपूर्ति हुँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...