मोरङ । मोरङको ग्रामथान गाउँपालिका-७ का ३३ वर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका-११ बेलेपुरस्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।
बुधबार दिउँसो साढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अबस्थामा फेला पारेको हो ।
मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।