कोरोना संक्रमणबाट बेलायतमा नेपाली युवतीको मृत्यु

303

लन्डन । कोरोना संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । लन्डनमा बस्दै आएकी ३२ वर्षीया युवतीको आइतबार निधन भएको हो ।

मृतकको परिवार निकट स्रोतकाअनुसार कोरोना संक्रमित ती युवतीको उपचारकै क्रममा निधन भएको हो ।

कोरोना संक्रमणपछि नेपाली युवतीको अल्पायुमै निधन भएकोमा बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ । उनको निधनमा शोक जनाउँदै सामाजिक सन्जालमा श्रद्धान्जली व्यक्त गरिएको छ ।

अहिलेसम्म सार्वजनिक भएअनुसार बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ७५ नाघेको छ । तर उनीहरुमध्ये ५० वर्षभन्दा कम उमेरमै मृत्‍यु हुनेहरु कम छन् । यसअघि ननिटन बस्दै आएकी अर्की युवतीको पनि ३२ वर्षकै उमेरमा निधन भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...