बिबिएल २०२० : होबार्ट हुरिकेन्सकाे लगातार तेस्रो हार, सन्दीप विकेटविहीन

424

पर्थ । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० मा सन्दीप लामिछाने सम्मिलित टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । मंगलबार भएको खेलमा होबार्टमाथि पर्थ स्कोर्चर्स ९ विकेटले विजयी भएको हो ।

पर्थमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको होबार्टले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । खराब सुरुवात गरेको होबार्टले ९ रनको स्थितिमा महत्वपूर्ण दुई विकेट गुमाएको थियो ।

होबार्टका डिआर्ची सर्टले ५४, टिम डेविडले नटआउट ३१ तथा कोलिन इन्ग्रामले १८ रन जोडे ।

१ सय ४० रनको सामान्य लक्ष्य पछ्याएको पर्थले १६.२ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्दै ९ विकेटको फराकिलो जित हात पार्यो । पर्थको जितमा ज्यासन रोयले नटआउट ७४ तथा लियाम लिभिङस्टोनले ५४ रनको योगदान दिए ।

आजको खेलमा सन्दीप विकेटविहीन रहे । तीन ओभर बलिङ गरेका सन्दीपले २३ रन दिए ।

जितसँगै पर्थ चौथो स्थानमा उक्लिएको छ भने होबार्ट एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...