थप ४३० जनामा संक्रमण पुष्टि : ३९० ले जिते कोरोना

171

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ३ सय जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा २ सय ५३ पुरुष र १ सय ७७ महिला गरी ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार थपिएका ४ सय ३० जनासहित कूल संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । यीमध्ये ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा ३ सय ९० जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै २ लाख ५९ हजार ३ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । थपिएका ५ जनासँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...