मावन बेचबिखनमा संलग्न फरार अभियुक्त पक्राउ

212

काठमाडौं । गैरकानुनी रुपमा श्रीलंका पुर्‍याइ मानव बेचबिखनमा संलग्न रही फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा बुद्धशान्ती गाउँपालिका-२ घर भएका अमृत नेपाल भन्ने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले विश्वकर्मालाई घर वतनबाट पक्राउ गरेको हो ।

अमृतले २४ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्देश्यले विभिन्न प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाइ दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बइ, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्‍याइ त्यहाँका एजेन्टहरुको घरमा बन्धक बनाएका थिए ।

श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएका थिए ।

अमृत उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...