मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

139

झापा । झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

आइतबार बेलुका साढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा८०प ७६५ नम्बरको मोटरसाइकलले पैदलयात्री दोलखाको कालिङचोक-८ बस्ने ८० वर्षीय वृद्धा खेन्द्र शिवाकोटीलाई ठक्कर दिँदा घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...