छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

192

विराटनगर । झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ झिलमिले पुल नजिकै शनिबार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधाराका ५३ वर्षीय छत्र बहादुर मगरको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।

यसैगरी झापाकै शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शनिबार राति पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-११ का ३७ वर्षीय छबिरमन ढकालको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यस्तै, शनिबार दिउँसो साढे २ बजे मोरङको उर्लावारी नगरपालिका-८ मा को २० प ९७२७ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ वर्षीया छोरी अजिती ओझालाई ठक्कर दिँदा घाइते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रमम मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...