ठूलो परिमाणमा गाँजासहित ८ जना पक्राउ

188

हेटौंडा । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित ८ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान करिब ४ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले मनहरी-८ सिमपानीस्थित पूर्व पश्चिम लोकमार्गबाट ४४ किलो गाँजासहित ८ जनालाई पक्रउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ्ग गाउँपालिका-२ का २२ वर्षीय सुजन प्रजा, २५ वर्षीय दीपक लामा, ५२ वर्षीय कान्छाराम लामा, ४५ वर्षीय गोपाल चेपाङ, ३१ वर्षीय रतन सिङ्तान, ३६ वर्षीय उद्धास ब्लोन, २५ वर्षीय प्रेम तामाङ तथा कैलाश गाउँपालिका-४ का ३४ वर्षीय सिताराम सिङ्तान रहेका छन् ।

यसैगरी, बुधबार राति मनहरी गाउँपालिका-६ को रुपाचुरी जंगलमा लुकाइछिपाई ल्याएको गाँजा प्रहरी आएको थाहा पाएपछि सोही स्थानमा छाडेको अवस्थामा ८६ केजी गाँजा बरमद गरेको छ ।

उक्त गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...