सोलुखुम्बुको लोदिङमा निजी वनमा आगालागी

217

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-३ लोदिङको वन क्षेत्रमा आगलागी भएको छ । लोदिङको पिके माध्यमिक विद्यालय नजिकैको निजी वन क्षेत्रमा शनिबार दिउँसोदेखि आगलागी भएको वडा अध्यक्ष गोपाल मगरले जानकारी दिए ।

उनकाअनुसार आगलागीबाट सल्ला, लालीगुँरास प्रजातिको सयौँ रुखसहित अन्य स–साना बोटविरुवा जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि वडा नम्बर ३ का स्थानीयवासी, प्रहरी चौकी तामाखानीका प्रहरीसहितका टोली खटिरहेका छन् ।

हावा चलेकाले आगो नियन्त्रणमा चुनौती थपिएको वडा अध्यक्ष मगरले बताए । स्थानीयबासी र प्रहरीको सकृयतामा आगो बस्तिमा प्रवेश गर्नबाट रोक्न सफल भएको स्थानीयले बताए ।

आगलागी नियन्त्रणका लागि सल्लेरीबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका सुरक्षाकर्मीको टोली घटना स्थलनतर्फ गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी इन्सपेक्टर महेन्द्र दर्नालले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...