बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

161

स्याङ्जा । जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् ।

ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...