सवारी दुर्घटना २ जनाको मृत्यु

487

विराटनगर । इलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिहीबार बिहान पाँचथरको रविबाट दमकतर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका ट्रकका सह(चालक मिक्लाजुङ गाँउपालिका-४ पाँचथरका ३५ वर्षीय किरण राईलाई उपचारको लागि दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका-११ दुधेको भित्र सडकखण्डमा ट्रकले साइकलमा यात्रा गरिरहेका स्थानीय १३ वर्षीय बालक भीम बहादुर राईलाई ठक्कर दिँदा बालकको मृत्यु भएको छ । बिहीबार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...