छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित ६ जना पक्राउ

199

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहीबार राति लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।

बिहीबार राति साढे ६ बजे इलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१४ बाट स्थानीय ३० वर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका-११ का ३३ वर्षीय हरि राजवंशी र गौरादह नगरपालिका-९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यसैगरी, इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहीबार राति साढे ७ बजे शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ वर्षीय गोपी शर्मा, बनियानी गाउँपालिका-६ का २६ वर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका-१ सप्तरीका १७ वर्षीय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...