ओली समूहद्वारा प्रदेश इञ्चार्ज रावलसहित तीन नेतालाई गर्‍यो कारबाही

148

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा देखिएको विवाद तल्लो तहसम्म देखिन थालेको छ । यसैक्रममा नेकपा ओली समूहले प्रचण्ड-माधव समूहका नेता एवं सुदूरपश्चिम प्रदेश इञ्जार्ज भीम बहादुर रावलसहित तीन जनालाई कारबाही गरेको छ ।

बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इञ्जार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।

नेकपा ओली समूहले रिक्त रहेको उक्त स्थानमा कसैलाई पनि नियुक्ति गरेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रचण्ड-माधव समूहले पुस १७ मा बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...