काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई बर्खास्त गरेको छ ।
नेकपा प्रदेशसभा संसदीय दल प्रचण्ड-माधव समूहको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दलका नेता मण्डललाई हटाएको हो ।
मण्डललाई हटाउन प्रदेश सभामा रहेका प्रचण्ड-माधव पक्षका १९ जना सांसद तयार भएको दावी गरिएको छ । प्रचण्ड-माधव समूहले संसदीय दलको नेतामा शत्रुघ्न महतोलाई चयन गरेका छन् ।