लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

188

झापा । झापाको दमक नगरपालिका-६ बेलडागीबाट लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आइतबार राति १० बजे शंकास्पद अवस्थामा हिँडिरहेका दमक नगरपालिका-८ का २१ वर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका-८ का २२ वर्षीय रोशन कुमार मग्रातीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४ सय बरामद भएको थियो ।

लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...