पर्साबाट १०५ केजी गाँजासहित सात जना पक्राउ

275

पर्सा । ठूलो परिणाममा गाँजासहित सात जनालाई लागुऔषध नियन्त्रण ब्युरो टोलीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा ब्युरोले आइतबार ४ बजे वीरगञ्ज महानगरपालिका २१ स्थित लालपर्सा गाउँ जाने सडक किनारमा रोकिराखेको ट्रक चेकजाच गर्ने क्रममा १ सय ५ किलोग्राम अबैध गाँजासहित सात जनालाई पक्राउ गरेको हो ।

ना६ ख ६५२५ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा १५ केजीका दरले ७ वटा पोका ब्युरोले फेला पारेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ट्रक चालक ३२ वर्षीय लक्ष्मण सिटौला, सोही स्थानका २४ वर्षीय विजय तामाङ र १८ वर्षीय प्रभात तामाङ, धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने ३७ वर्षीय निरज लामा रहेका छन् ।

यस्तै, चितवन राप्ती नगरपालिका-२ का ५० वर्षीय रानुलाल तामाङ, मकवानपुर कलैश गाउपालिका-१० का २६ वर्षीय रामलाल गोले र पर्सा सखुवा प्रसौनी गाउँपालिका-२ बस्ने ५१ वर्षीय शहीद मियाव आलम रहेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ लागुऔषध कसुर सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धार भइरहेको प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...