पछिल्लो २४ घन्टामा विश्वभर थप ५,५५,०२० जना संक्रमित : काेराेनाबाट ९,४६८ को मृत्यु

189

काठमाडौं । कोरोना भाइरस फैलिएको एक वर्ष नाघेको छ तरपनि यसको असर अहिलेसम्म कम भएको छैन । अझ यसले नयाँ स्वरुप परिवर्तन गरी थप जटिलता उत्पन्न गराएको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभरमा ५ लाख ५५ हजार २० जना संक्रमित भएका छन् भने सोही अवधिमा ९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।

कोरोनाको सबैभन्दा उच्च जोखिम भएको अमेरिकामा मात्र एक लाख ६६ हजार ४४ जना संक्रमित भएका छन् । साथै २ हजार १ सय २९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ६ लाख १७ हजार ३ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख ५६ हजार ४ सय ४५ पुगेको छ ।

यस्तै, संक्रमितको संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा १७ हजार ८० जना संक्रमित थपिएका छन् । योसँगै १ करोड ३ लाख ३ हजार ४ सय ९ पुगेको छ । थप १ सय ८७ जनासँगै भारतमा अहिलेसम्म १ लाख ४९ हजार २ सय ५ जनाको मृत्यु भएको छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घन्टामा २४ हजार ६ सय ५ जना थपिएका छन् । सोहि अवधिमा ४ सय ६५ जनाको मृत्यु भएको छ । थपिएकासहित अहिलेसम्म ७ लाख ७० हजार ५ सय ७८ जना संक्रमित भएका छन् भने १ लाख ९५ हजार ४ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, रसियामा २७ हजार ३९, फ्रान्समा १९ हजार ३ सय ४८, बेलायतमा ५३ हजार २ सय ८५, टर्कीमा १२ हजार २ सय ३, इटालीमा २२ हजार २ सय ११, जर्मनीमा १० हजार ४ सय १९, कोलम्बियामा १२ हजार १ सय ५ र अर्जेन्टिनामा ४ हजार ८० जना संक्रमित थपिएका छन् । भने कोरोनाबाट रसियामा ५ सय ३६, फ्रन्समा १ सय ३३, बेलायतमा ६ सय १३, टर्कीमा २ सय १२, इटालीमा ४ सय ६२, जर्मनीमा २ सय ६, कोलम्बियामा २ सय ८२ र अर्जेन्टिनामा ७४ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर ८ करोड ४३ लाख ५५ हजार २ सय ५९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ५ करोड ९६ लाख २४ हजार ५ सय ८७ जना कोरोनामुक्त भएका छन् भने १८ लाख ३४ हजार ४ सय ८४ जनाले ज्यान गुमाएका छन् । २ करोड २८ लाख ९६ हजार १ सय ८८ जना अझै संक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमित मध्ये १ लाख ६ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...