सालकको खपेटासहित दुई जना पक्राउ

183

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सालकको खपेटासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका-५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडी नगरपालिका-२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन् ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङ समेतलाई सितापाईलाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...