बिबिएल २०२० : पर्थको पहिलो जित, एडिलेड ७ विकेटले पराजित

173

एडिलेड । अष्ट्रेलियामा जारी दशौँ संस्करणको बिग बास लिग (बिबिएल) टी–२० प्रतियोगिता अन्तर्गत पर्थ स्कोर्चर्स विजयी भएको छ । बिहीबार भएको खेलमा एडिलेड स्ट्राइकर्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोतिमा पहिलो जित हात पारेको हो ।

एडिलेड स्ट्राइकर्सले दिएको १ सय ४८ रनको लक्ष्य पर्थले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो । पर्थको जितमा जोस इंग्लिस र मिचेल मार्सले नटआउट ४४ तथा ३८ रनको पारी खेले । यस्तै, ज्यासन रोयले ३२ बलमा एक छक्का र ७ चौकाको मद्धतमा ४९ रन जोडे ।

एडिलेडका वेस अगरले २ तथा राशिद खानले एक विकेट हात पारे ।

यसअघि एडिलेड ओवलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली एडिलेडले निर्धारित २० ओभरमा १ सय ४६ रन बनाएको थियो । खराव सुरुवात गरेको एडिलेडका ऐलेक्स क्यारीले ८२, म्याट रेन्साले १९ तथा ड्यानी ब्रिग्सले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

पर्थका झाइ रिचर्डसनले ३, आरोन हार्ड्लीले २ तथा एन्ड्रयु ताइ र फवाद अहमदले समान एक–विकेट लिए ।

प्रतियोगितमा पहिलो जित हात पारेको पर्थ छ अंकसहित छैटौँ स्थानमा रहेको छ भने पराजित एडिलेड चौथो स्थानमा यथावत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...