सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

456

मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१४ बस्ने ३८ वर्षीय तुलसी महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०६७ असोज १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद सजाय भइ फरार रहेका महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-८ जिल्ला अदालत छेउबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत मोरङमा बुझाइने उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...