ब्राउनसुगरसहित एक महिला पक्राउ

250

झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित सीमा क्षेत्रबाट लागुऔषध खैरोहिरोइन ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मेचीनगर-१ स्थितमा बस्ने ३१ वर्षीया हेमा गणेश रहेकी छन् । उनलाई शुक्रबार अपरान्ह ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

विशेष सुराकका आधारमा नियन्त्रणमा लिइ उनि उपर चेकजाँच गर्दा २८ ग्राम खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...