आइपिएलमा १० टोली सहभागी हुने

244

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दश टोली सहभागी हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ) को अहमदावादमा बसेको ८९औं वार्षिक सभाले सन् २०२२ देखि १० वटा टोली सम्मिलित प्रतियोगिता गर्न स्वीकृति दिएको हो ।

आइपिएलमा सहभागी हुने नयाँ दुई टोलीको छिनाेफानाे भने उक्त बैठकले निर्णय गरेको छैन ।

सन् २००८ देखि सुरु भएको आइपिएलको आउदो संस्करणमा भने आठ टोलीले नै खेल्नेछन् ।

कोरोना महामारीका कारण भारतबाहिर संयुक्त अरब इमिरेट्समा १३औं संस्करणको आइपिएल प्रतियोगिता सम्पन्न गरिएको थियो । फाइनलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बइ इन्डियन्सले पाँचौं पटक आइपिएलको उपाधि जितेको थियो ।

आइपिएलमा ८ वटा टोलीहरुमा मुम्बइ इन्डियन्स, चेन्नइ सुपर किङ्स, सन राइजर्स हैदरावाद, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, किङ्स इलावेन पञ्जाब, रोयल च्यालेञ्जर्स बेङ्गलोर र कोलकाता नाइट राइडर्स रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...