मुख्यमन्त्री गुरुङद्वारा ख्रिष्टमसको अवसरमा शुभकामना व्यक्त

248

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ईसाईहरुको महान् पर्व ख्रिष्टमसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

येशु ख्रिष्टको जन्मोत्सव अर्थात ख्रिष्टमस डे का अवसरमा उनले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको बताए ।

सन्देशमा यस्ता विविधतायुक्त धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको र यस पर्वले पनि विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने आपेक्षा गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...