पाँच लाखभन्दा बढी मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद

311

सुनसरी । भारतबाट चोरी पैठारी गरी ल्याएको करिब ५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान १ बजे इटहरी उपमहानगरपालिका-५ कलङकी एरियाबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो ।

मिनी ट्रक नियन्त्रणमा लिइ चेकजाँच गर्दा ट्रक भित्र लुकाइछिपाई राखिएको अवस्थामा ३३ बोरा सुर्तीजन्य पदार्थ र ३६ बोरा सैनिक लेखिएको तयारी खैनी फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साथै बरामद गरिएको सुर्तीजन्य पदार्थका धनि कोशी गाउँपालिका-५ का ३६ वर्षीय कैसर आलमलाई नियन्त्रणमा लिइएको छ भने ट्रक चालक मोरङ सुन्दर हरैचाका २३ वर्षीय सैयद आलम र ओसारपसारमा संम्लग्न कोशी गाउँपालिका-५ का ३३ वर्षीय महबुव आलम र ३४ वर्षीय सम्पतलाल कामतसमेतलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

बरामद गरिएको सुर्तीजन्य पदार्थको बजार मूल्य ५ लाख १६ हजार रुपैयाँ कायम गरी ट्रक र पक्राउ परेका मानिस समेतलाई आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...