अवैध हातहतियारसहित २ जना पक्राउ

169

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ भाण्टाबारीबाट अवैध हातहतियारसहित २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

उक्त स्थानमा हातहतियारको बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय मो।मुक्तार मिया र २७ वर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले कटुवा पेस्तोल २ थान, सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा उनीहरुले प्रयोग गरेको २ थान मोटरसाइकल र २ थान मोबाइल समेत बरामद गरेको छ ।

हातहतियारसहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा मुलुकी अपराध (संहिता) ऐन(२०७४) को हातहतियार खरखजना सम्बन्धी कसुरमा कानूनी प्रकृया अगाढी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...