मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

284

मोरङ । मोरङ विराटनगर-१५ स्थितमा मोटरसाइकलको ठक्करबाट ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ ।

सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बिखिया देविलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक रतुवामाई-७ का बिक्रम साह नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...