काेराेना संक्रमणबाट मलेसियामा कार्यरत एक नेपालीकाे मृत्यु

225

काठमाडौं । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोब्स कम्पनीकाे सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।

दुई वर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ मा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो ।

द स्टार अनलाइनका अनुसार मलेसियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...