दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै उच्च संक्रमित भेटिए

151

सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा संक्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना संक्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ ।

उनीहरुका अनुसार शनिबार नयाँ ९ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ संक्रमित थपिने गरेका थिए ।

कोरिया रोक नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ ।

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अति गम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताए ।

महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उनले जानकारी दिए ।

रेल स्टेनसनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १ सय ५० ठाउँमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उनको भनाइ छ ।

संक्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाइ पनि गरेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ ।

रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...