इटलीका गृहमन्त्री संक्रमित भएको तथ्य ‘गलत’ सावित

250

रोम । इटलीका गृहमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको भनिएकोमा अहिले आएर ‘गलत’ सावित भएको छ ।

यसै हप्ताको सुरुमा उनलाई कोरोना परीक्षण गर्दा संक्रमण देखिएको भनिएकोमा त्यो सही नभएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका हुन् ।

“उहाँलाई गत सोमबार लुकिना लमोर्गेसमा पिसिआर टेष्ट गर्दा कोरोना भाइरसबाट संक्रमण भएको देखाइएको थियो । तर अहिले त्यो विवरण गलत रहेछ भन्ने देखिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् ।

पहिलो परीक्षण सोमबार गरेपछि बुधबार र बिहीबार दुई दिन फेरी परीक्षण गर्दा भने संक्रमण नदेखिएको हो ।

“संक्रमण पुष्टि भएको तीन, चार दिनमा नै फेरी ससंक्रमण नदेखिनुले उहाँलाई पहिला पनि संक्रमण भएको थिए, विवरण मात्रै झुटो देखिएको हो भन्ने निष्कर्ष निकालिएको छ,” एक अधिकारीले भने ।

इटलीमा यसअघि क्षेत्रीय मामिला मन्त्री फ्रान्सेस्को बोकियालाई अक्टोबरमा कोरोना भाइरसको संक्रमण भएको थियो ।

कोरोना भाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित भएको मुलुकमा पर्ने इटलीमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुका अनुसार इटलीमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...