भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख नजिक : एकै दिन २९ हजार ३९८ जनामा संक्रमण पुष्टि

131

नयाँदिल्ली, सिन्ह्वा । भारतमा बिहीबार एक दिन थप २९ हजार ३ सय ९८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख ९६ हजार ७ सय ६९ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

जसमध्ये ९२ लाख ९० हजार ८ सय ३४ जना संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल तीन लाख तीन ६३ हजार ७ सय ४९ व्यक्ति अझै सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार ३३औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ४ सय १४ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार १ सय ८६ पुगेको छ ।

भारतको राजधानी समेत रहेको दिल्ली कोरोना भाइरसबाट अत्यन्त प्रभावित भएको छ । यहाँ गत २४ घन्टामा १५ सय ७५ व्यक्ति कोरोना संक्रमित भएका र संक्रमणको कारण ६१ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १५ करोड १६ लाख ३२ हजारको नमूना परीक्षण गरेको जनाएको छ । बिहीबार एकै दिनमा ८ लाख ७२ हजार ४ सय ९७ जनाको नमूना परीक्षण भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...