भारतमा आइतबार एकै दिनमा ३२ हजार ९८१ कोरोना भाइरस संक्रमित थपिए

126

नयाँदिल्ली, एएनआई । भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । जसमध्ये ९१ लाख ३९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ३ लाख ९६ हजार ७ सय २९ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २९औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ३ सय ९१ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ५७ पुगेको छ ।

भारतभर सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा १८ लाख ५२ हजार २ सय ६६ अझै पनि सक्रिय संक्रमित रहेका आइतबार जनाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कुल १४ करोड ७७ लाख ८७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...