अमेरिकामा नयाँ रेकर्ड : एकै दिनमा थपिए २ लाख ३० हजार कोरोना संक्रमित

147

वासिङ्टन, एएफपी । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत २४ घण्टामा कोरोना भाइरसबाट २ लाख ३० हजार थप व्यक्ति संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।

त्यसगरी गत २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५ सय २७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राति ८ बजे जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको कारण अमेरिका सबभन्दा बढी प्रभावित भएको छ ।

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइरहेको जनाइएको छ । अमेरिकामा कोरोना भाइरस सुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भइसेकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...